वेबटिभी खबर
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रूपैयाँ घटाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रूपैयाँ कायम भएको छ ।
निगमले बाह्य हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रूपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रूपैयाँ घटाएको छ । अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १७० रूपैयाँ कायम भएको छ ।
इन्धनमा चर्को शुल्क लिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij