Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बाँकेमा घट्यो कोरोनाको संक्रमण र मृत्युदर

बाँकेमा घट्यो कोरोनाको संक्रमण र मृत्युदर

  • 707
    SHARES
  • बाँकेमा घट्यो कोरोनाको संक्रमण र मृत्युदर

    राँझा । कोरोना संक्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौं संक्रमित बिरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा झरेको छ ।

    तीव्र गतिमा संक्रमण फैलिएपछि रोकथामको लागि जिल्ला प्रशासनद्वारा जारी निषेधाज्ञाको एक महिनापछि अहिले बाँकेमा कोरोना संक्रमण र बिरामीको मृत्युदर घटेको हो । वितेको दुई दिनको अवधिमा बाँकेका संक्रमित बिरामीको मृत्यु भएको छैन भने केही दिनयता संक्रमित हुनेभन्दा जित्नेको संख्या बढ्दै गएको छ । 

    कोरोना संक्रमणको केन्द्रबिन्दु बनेको बाँकेमा संक्रमण दर घटेसँगै अस्पतालमा उपचारको लागि आउने बिरामीको संख्यासमेत घट्दै गएको नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए ।

    उनले कोरोना संक्रमण र मृत्युदरमा कमी आउँदैमा कुनैपनि लापर्वाही गर्न नहुने बताउँछन् । एक महिनादेखि जारी निषेधाज्ञाले कोरोना संक्रमणको चक्र तोड्न सफल भएकोले घट्दो संक्रमणदरलाई शून्यमा झार्न अब पनि सबैले उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने डा थापाको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij