Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय

  • 317
    SHARES
  • १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय

    बाग्लुङ । १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बाग्लुङको जैमिनी नगरपालिका-२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय भएको छ ।

    विसं २०७८ भदौ ९ गते बालिकालाई अपहरण गरी १४ गतेसम्म विभिन्न स्थानमा पुर्‍याएर अभियुक्त थापाले बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले उक्त सजाय सुनाएको हो ।

    जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले निजलाई कैद सजायसँगै पीडितलाई ३० हजार क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको अदालतका इजालाश अधिकृत गंगाधर सापकोटाले बताए ।

    उक्त घटनाका सम्बन्धमा पीडितका परिवारले २०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पछि प्रहरीले थापालाई भदौ २७ गते चितवनबाट पक्राउ गरी कात्तिक ७ गते जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक बनाइ जबरर्जस्ती करणी गरेको कसुरमा कारबाही अघि बढाउनका साथै पूर्पक्षका लागि अदालतको आदेशानुसार थुनामा राखिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij