वेबटिभी खबर
काठमाडौं । जनमत पार्टी अध्यक्ष एवं दलका नेता डा.चन्द्रकान्त राउत (सीके राउत)ले देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले देश जातीय तथा धार्मिक विधितायुक्त रहेकाले भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताएका हुन् ।
यसका लागि आफू नै उदाहरण रहेको उनको भनाइ छ । लोकतान्त्रिक व्यवस्थाको रक्षा र सम्वर्द्धन गर्नुपर्नेमा जोड दिँदै उनले जनताको यावत् समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij