Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नागरिकता अध्यादेशप्रति ग्रेटर नेपालको आपत्ति- भारतीय गर्भवती महिलाबाट जन्मिएका शिशुलाई नागरिकता दिने बदनियत

नागरिकता अध्यादेशप्रति ग्रेटर नेपालको आपत्ति- भारतीय गर्भवती महिलाबाट जन्मिएका शिशुलाई नागरिकता दिने बदनियत

  • 1.4K
    SHARES
  • नागरिकता अध्यादेशप्रति ग्रेटर नेपालको आपत्ति- भारतीय गर्भवती महिलाबाट जन्मिएका शिशुलाई नागरिकता दिने बदनियत

    काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार जारी नागरिकता अध्यादेशलाई राष्ट्रघाती ठहर गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आपत्ति जनाएको छ ।

    अध्यादेश नेपालस्थित इन्डियाली आप्रवासीका सन्तानलाई नेपालको राजनीतिक सत्ता र संवैधानिक निकायमा आसीन गराउने षड्यन्त्रको पुलिन्दा भएको मोर्चाको दाबी छ ।

    ‘यो अध्यादेश वर्षौंदेखि तराईका जमिनदारको घरमा आश्रित गरिब मूलवासीलाई नागरिकता दिने उद्देश्यले नभएर इन्डियाबाट प्रायोजित रूपमा बुहारी बनेर नेपाल आउने आप्रवासी युवतीहरूलाई सिन्दुर-पोतेसँगै हातमा तत्काल नागरिकता उपहार दिने बदनियतले जारी गरिएको हो,’ मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसका अतिरिक्त यस अध्यादेशको सबभन्दा ठूलो बदनियत इन्डियामा गर्भवती भएका महिलालाई नेपालका अस्पतालमा ल्याएर शिशु जन्माउने अवसर प्रदान गर्ने र अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र लिई शिशु बालिग भएपछि त्यही जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गर्ने हतियार बनाउनु हो ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij