Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पाँचपोखरीमा सात सय मेट्रिकटन आलु उत्पादन

पाँचपोखरीमा सात सय मेट्रिकटन आलु उत्पादन

  • 350
    SHARES
  • पाँचपोखरीमा सात सय मेट्रिकटन आलु उत्पादन

    सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकामा यस वर्ष सात सय मेट्रिकटन आलु उत्पादन भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका किसानले मात्रै यस वर्ष चार हजार दुई सय किलो आलुको बीउ बिक्री गरेका छन् । 

    गाउँपालिकाको समन्वयमा उत्पादित आलुलाई प्रतिकिलो रु ७० का दरले बिक्री गरिएको भोताङका कृषक सुमेश तामाङले जानकारी दिए। सात सयमध्ये पाँच सय गाउँपालिकाभित्र बिक्री तथा खपत र दुई सय मेट्रिकटन पालिका बाहिर बिक्री भएको कृषि शाखा प्रमुख निमराज गिरीले बताए।

    'गत वर्ष किसानका घरघरमा पुगेर आलुको बीउ बाँडेका थियौँ । अहिले उत्पादित आलुले बजार पाएकामा किसानमा हौसला बढेको छ,' उनले भने। स्थानीय उत्पादनलाई जोड दिँदै हरेक वडालाई गाँउपालिकाले कृषि पकेट क्षेत्र तोकेको छ । कृषि शाखा प्रमुख गिरीले आर्गनिक उत्पादनलाई वृद्धि गराउन तालिमको व्यवस्था गर्न लागिएको बताए।

    गाउँपालिका अध्यक्ष टासी लामाले स्थानीय उत्पादनलाई  प्राथमिकतामा राख्दै कृषिलाई पर्यटनसँग जोड्ने बताए। पर्यटन र कृषिबाट नै गाउँपालिकालाई समृद्ध बनाउन सकिने उनको भनाइ छ । अहिले गाउँपालिकाभित्रका कृषि उत्पादनले बजार पाउन थालेपछि किसान उत्पादनमुखी हुन थालेका छन् । गाँउपालिका भरिमा पाँच सय घरपरिवार आलुमा आत्मनिर्भर छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij