वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखाका लागि काठमाडौंबाट हिडेका छन् ।
गोरखाको हरमटारीमा आजबाट सुरु हुने ११औँ गोरखा महोत्सव कार्यक्रम उदघाटन गर्न प्रचण्ड गोरखा गएका हुन् ।
प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो ।
गत मंसिर ४ गते भएको निर्वाचमा गोरखा क्षेत्रनम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए ।
उनले मंगलबार (हिजो) संसदमा विश्वासको मत पाएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij