वेबटिभी खबर
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानमन्त्रीसहित चारवटा मन्त्रालयमा दाबी गरेकाे छ।
सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा राप्रपाले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय पाउनुपर्ने दाबी राख्दै आएकाे छ।
प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्। प्रदेशहरूमा पनि राप्रपाका सांसद छन्।
राप्रपाले बागमतीको सभामुख पाउने सत्ता साझेदार दलभित्र सहमति छ। त्यसका लागि राप्रपाले उम्मेदवारीसमेत दिइसकेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन भित्रै मन्त्रिपरिषद विस्तार गर्दैछन्। अब बिस्तार हुने मन्त्रिपरिषदमा राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा सहभागिता जनाउने तयारी गरेको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij