वेबटिभी खबर
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)को सचिवालय सदस्यमा घनश्याम भुसाल मनोनित भएका छन् ।
शुक्रबार समाजावादीमा प्रवेश गरेका भुसाललाई पार्टीले शनिबार केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको हो ।
आज बिहान बसेको एकीकृत समाजवादीको बैठकले भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।
यसअघि नेकपा एमालेमा रहेका भुसालले गत मंसिर ४ गते भएको संघीय र प्रदेशसभा निर्वाचनमा पार्टीले चुनाव टिकट नदिएपछि पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
स्वतन्त्र उम्मेदवारी दिएपनि भुसालले चुनाव भने जित्न सकेनन् । एमाले छाडेर स्वतन्त्र बनेका भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij