वेबटिभी खबर
पाेखरा । पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै संकलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ ।
मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै संकलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरत खत्रीले बताए ।
दुर्घटनाग्रस्त जहाजमा यात्रारतमध्ये हालसम्म ६० जनाको शव सेती खोँचबाट निकालिएको छ भने ३१ वटा हस्पिटलमा लगिसकिएको छ । कठिन भौगोलिक अवस्थितिका कारण केही शव क्रेनको प्रयोग गरी निकाल्ने प्रयास भइरहेको छ ।
९ एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियाे। जहाजमा चार चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij