वेबटिभी खबर
पोखरा । यती एयरलायन्सको हिजो पोखरामा भएको विमान दुर्घटनामा परेर निधन भएर पहिचान भएका शव आज सोमबार आफन्तको जिम्मा लगाइने भएको छ ।
सोमबार बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया सम्पन्न गरेर शव आफन्तलाई बुझाइने कास्की प्रशासनले जनाएको छ ।
पहिचान हुन नसेकेका, विदेशी नागरिक र काठमाडौंमा आफन्त भएकाको शव हेलिकोप्टरमा काठमाडौं पठाउने तयारी भइरहेको छ ।
सेती नदीको खोचमा विमान खसेकाले उद्धारमा केही कठिनाइ भएको छ । राति स्थगित उद्धार र खोजी कार्य बिहानदेखि सुरु गरिएको प्रशासनले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij