Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

साढे १३ लाख रूपैयाँ बराबरका अवैध खसीबोका प्रहरी नियन्त्रणमा

साढे १३ लाख रूपैयाँ बराबरका अवैध खसीबोका प्रहरी नियन्त्रणमा

  • 275
    SHARES
  • साढे १३ लाख रूपैयाँ बराबरका अवैध खसीबोका प्रहरी नियन्त्रणमा

    बुटवल । इलाका प्रहरी कार्यालय बर्दघाटले ९० वटा अवैध खसीबोका नियन्त्रणमा लिएको छ ।

    प्रहरी सहायक निरीक्षक लक्ष्मण रास्कोटीको कमान्डमा खटिएको प्रहरी टोलीले अवैध खसीबोका नियन्त्रणमा लिएको हो ।

    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा १ ख २९१६ नम्बरको ट्रक रोकी चेकजाँच गर्दा बिनाकागजपत्र ल्याउँदै गरेको अवस्थामा जिल्ला नवलपरासी बर्दघाट नगरपालिका-६ टिसिएन चोकमा चेकजाँच गर्दा खसीबोकासम्बन्धी कुनै पनि कागजपत्र नभएकोले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    प्रहरीका अनुसार पशुपंक्षी ओसारपसार गर्दा कुन जिल्ला लैजाने खोल्नुपर्ने र पशु स्वस्थ छ, छैन भन्ने बारे क्वारेन्टाइनमा चेकजाँच गर्नुपर्ने काम नभएकाले खसीबोका नियन्त्रणमा लिएको हो ।

    एउटा बोकाको मूल्य १५ हजारको दरले १३ लाख ५० हजार बराबरको खसीबोका नियन्त्रणमा लिइ भन्सारमा पठाइएको हो ।

  • सम्बन्धित विषय:

  • # प्रहरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij