Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

विमान दुर्घटना : पहिचान नभएका शवको डीएनए टेस्ट गर्न काठमाडौं ल्याइने

विमान दुर्घटना : पहिचान नभएका शवको डीएनए टेस्ट गर्न काठमाडौं ल्याइने

  • 303
    SHARES
  • विमान दुर्घटना : पहिचान नभएका शवको डीएनए टेस्ट गर्न काठमाडौं ल्याइने

    कास्की । आइतबार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भई पहिचान नभएका शवलाई काठमाडौं पठाइने भएको छ ।

    सोमबार अपरान्हसम्म ३५ शव पहिचान भएका र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन भएपछि काठमाडौं पठाउन लागिएको कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

    उनका अनुसार डीएनए टेस्टमार्फत शव पहिचान गर्नका लागि काठमाडौं पठाउन लागिएको हो ।

    शव पहिचान भएकाको हकमा पोष्टमार्टम गरी आफान्तलाई शव बुझाइने छ । त्यसका लागि एम्वुलेन्सहरु तयारी अवस्थामा राखिएका छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij