Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एकतर्फी खुलेको नाकामा आम्दानीभन्दा खर्च बढी

एकतर्फी खुलेको नाकामा आम्दानीभन्दा खर्च बढी

  • 491
    SHARES
  • एकतर्फी खुलेको नाकामा आम्दानीभन्दा खर्च बढी

    सुर्खेत । केही समयअघि मात्र एकतर्फी खुलेको हुम्लाको यारी भन्सार कार्यालयमा आम्दानीभन्दा बढी खर्च हुने गरेको छ ।

    राजश्व असुलीभन्दा खर्च बढी हुने गरेको हो । हिल्सामा रहेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले १३ पुसमा चीनबाट आयात भएको व्यापारीको सामान जाँचपास गर्न जाँदा आम्दानीभन्दा बढी खर्च भएको बताए ।

    उनले हिल्सा नाकाबाट भित्रिएको १८ गाडी सामानको भन्सार महसुल ४० हजार रूपैयाँ असुल भएको र आफू हिल्सा जाँदा आउँदा ५० हजार रूपैयाँ यातायात खर्च भएको बताए ।

    सिमकोटबाट हिल्सा पुग्न एक दिन लाग्ने र एक दिनको भाडा जीप सञ्चालकले २५ हजार रूपैयाँ लिने र आउँदा पनि २५ हजार खर्च हुँदा यातायात खर्च ५० हजार रूपैयाँ खर्च भएको बताए ।

    हिल्सा र सिमकोटका व्यापारीको पहलमा १३ पुसमा एक दिन चीनबाट खाद्यान्न, लत्ताकपडा, विकास निर्माणका सामग्री आएको थियो ।

    प्रमुख जिल्ला अधिकरी सीता परियारले फाइदा मात्रै भन्दा पनि भन्सार महसुल उठाउने कुरामा राज्यको उपस्थिति महत्त्वपूर्ण भएको बताइन् ।

    उनले कर्मचारी हिल्सा आउजाउ गर्ने खर्च भन्सार कार्यालयसँग नभएका कारण आफ्नो समन्वयमा गाडीको व्यवस्था गर्नुपरेको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # नाका

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij