Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख निर्विरोध

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख निर्विरोध

  • 318
    SHARES
  • लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख निर्विरोध

    काठमाडौं । लुम्बिनी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् ।

    प्रदेशसभामा निर्वाचन कार्यतालिकाअनुसार सोमबार भएको उम्मेदवारी दर्तामा सभामुख पदमा घर्तीको एकल उम्मेदवारी परेको थियो ।

    उनलाई सभामुख पदमा निर्वाचित गर्न नेकपा एमालेका प्रदेशसभा सदस्य भूमिश्वर ढकाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका आशिषकुमार चौधरी समर्थक रहेका थिए ।

    प्रदेशसभाको आजको बैठकमा कार्यसूचीअन्तर्गत सभाका ज्येष्ठ सदस्यले सभामुख पदमा घर्तीमगर निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

    संविधानको धारा १८२ को उपधारा १ बमोजिम सभामुख पदमा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुख निर्वाचित गर्नुपर्ने व्यवस्था गरेको छ ।

    यस्तै उपसभामुख पदमा राप्रपाका मेनुका खाण केसी पनि निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित सभामुख घर्तीले आफूले सबैको सहयोग र सहकार्यबाट प्रदेशसभालाई अघिबढाउने बताए ।

    उनले प्रदेशमा आवश्यक कानून निर्माणका लागि सबै पक्षसँग आवश्यक छलफल गरी अघि बढ्ने बताए ।

    मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत लिने

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

    नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाबमोजिम प्रदेशसभाको माघ ५ गतेको बैठकमा विश्वासको मत लिन लागेका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij