Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

संवैधानिक पदहरूमा राष्ट्रिय सहमति खोज्न सकिने प्रधानमन्त्रीकाे प्रस्ताव

संवैधानिक पदहरूमा राष्ट्रिय सहमति खोज्न सकिने प्रधानमन्त्रीकाे प्रस्ताव

  • 392
    SHARES
  • संवैधानिक पदहरूमा राष्ट्रिय सहमति खोज्न सकिने प्रधानमन्त्रीकाे प्रस्ताव

    काठमाडाैं । दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार भएकै दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक पदहरूमा राष्ट्रिय सहमति खोज्न सकिने प्रस्ताव गरेका छन् । संसद्को सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्ष भूमिकामा बसेको कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको एक सातापछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा राष्ट्रिय सहमति खोज्न प्रस्ताव राखेका हुन्।

    सरकारलाई विश्वासको मत दिएका दलका नेताहरूलाई बालुवाटार बोलाएर प्रचण्डले सरकारको सन्दर्भमा सत्तागठबन्धनकै सहमति लागू हुने र संवैधानिक पदहरूमा सहकार्य गर्नेबारे अन्य दलको धारणा मागेका थिए । प्रधानमन्त्रीको प्रस्तावमा एमालेले असन्तुष्टि जनाएको छ भने तटस्थ पदमा छलफल गर्न सकिने कांग्रेसले जनाएको छ ।

    आफूलाई विश्वासको मत दिएकोमा सबै दललाई धन्यवाद दिएका प्रचण्डले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताएका थिए । प्रचण्डले प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति पूर्णबहादुर खड्का, मुख्य सचेतक लेखक, एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, रास्वपा सभापति लामिछाने, राप्रपा अध्यक्ष लिङ्देन, जनमत पार्टीका अध्यक्ष राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी थिए।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij