वेबटिभी खबर
सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुखका पदमा लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनले आ-आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा सचिवालयमा कांग्रेसबाट इन्द्राकुमारी शाहीले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
सत्तारूढ दलबाट नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छिन् ।
उपसभामुखको निर्वाचन बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ ।
गठबन्धनको भागबन्डामा उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij