Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

उपसभामुखको उम्मेदवारी दर्ता आज

उपसभामुखको उम्मेदवारी दर्ता आज

  • 259
    SHARES
  • उपसभामुखको उम्मेदवारी दर्ता आज

    काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

    संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपरान्ह्र ४ बजेसम्मका लागि तोकिएको छ । सत्तागठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी छ । जसअनुसार उपसभामुख उम्मेदवार चुन्न रास्पवाको संसदीय दलको बैठक जारी छ ।

    रास्वपामा सोविता गौतम, सुमना श्रेष्ठ, चन्दा कार्की र इन्दिरा रानाको नाम चर्चामा छ । तर श्रेष्ठले आफू उम्मेदवार नबन्ने स्पष्ट पारिसकेकी छन् । रास्वपामा बहुमत सांसद सोविता उप्रेतीको पक्षमा देखिएकी छन् ।

    उप्रेतीले बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलाई भेटेर लबिइङ गरिसकेकी छन् । विपक्षी गठबन्धन कांग्रेस, एकीकृत समाजवादीले उपसभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गरिसकेका छैनन् ।

    त्यसका लागि अझै समय बाँकी रहेकाले आजै दिउँसो छलफल गरेर उम्मेदवारी टुंगो लगाउने कांग्रेस सांसद चन्द्र भण्डारीले बताए ।

  • सम्बन्धित विषय:

  • # उपसभामुख

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij