Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सरकारमा रहने वा नरहने भोली निर्णय हुन्छ : अब्दुल खान

सरकारमा रहने वा नरहने भोली निर्णय हुन्छ : अब्दुल खान

  • 305
    SHARES
  • सरकारमा रहने वा नरहने भोली निर्णय हुन्छ :  अब्दुल खान

    काठमाडौं । सत्ता गठबन्धनबाट खानेपानीको जिम्मेवारी पाएका जनमत पार्टीका सांसद अब्दुल खानले सरकारमा रहने वा नरहने भोलि टुंगो लाग्ने बताएका छन् ।

    शनिबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भोलिसम्म आफूहरूको माग पूरा गर्ने आश्वासन सत्तासाझेदार दलहरूले दिएको उनको भनाइ छ ।

    उनले भने, ‘भोलिसम्म हाम्रा माग पुरा गर्ने आश्वासन दिनुभएको छ । भोलि फाइनल निर्णय हुन्छ ।’

    सहमति नभएकै कारण आफूलाई कार्यभार सम्हाल्न मुस्किल परेको उनले बताए । उनले मन्त्रीको शपत लिएपनि सत्ता सगठबन्धनमा कुरा नमिल्दा पदभार ग्रहण भने गरेका छैनन् ।

    भोलीसम्म कुरा नमिले सरकारबाट बाहिरिने चेतावनी पनि जनमत पार्टीले दिँदै आएको छ । उनले भने, ‘भोलिसम्म कुरा मिल्छ भन्ने विश्वास छ । अन्यथा, फिर्ता हुन पनि सकिन्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij