वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार छन् । रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन छन् ।
यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला छन् ।
बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ-आफना पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्ने छन् । दलीयरूपमा संसद्मा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्ने छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij