Logo

२०७९, माघ २४ गते मंगलवार

२०७९, माघ २४ गते मंगलवार

images

पाठेघर र स्तन क्यान्सर पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर

पाठेघर र स्तन क्यान्सर पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर

  • 104
    SHARES
  • पाठेघर र स्तन क्यान्सर पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर

    काठमाडौं । महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन ‘ब्रेष्ट’ क्यान्सर रोगको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

    images

    नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले क्यान्सर केयर फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा काँडाघारीस्थित महागुठी परिसरमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा दुई सय महिलाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

    उक्त अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले महिला समुदायमा जटिल समस्या बनिरहेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको समयमै पहिचान गरी उपचार गराउन र यसको जोखिमबाट बच्न चेतना अभिवृद्धि गर्न शिविर उपयोगी हुने विश्वास व्यक्त गरे ।

    उनले यस किसिमको स्वास्थ्य शिविर नगरपालिकाका सबै वडामा सञ्चालन गर्ने बताए । ‘चेतनाको अभावले क्यान्सर महामारीका रूपमा फैलिरहेको छ । समयमा रोगको पहिचान गरेर उपचार गर्नसके यसले ठूलो धनजनको क्षति रोक्ने भएकाले यस किसिमको अभियानलाई अझ व्यापक बनाएर लैजानुपर्ने आवश्यकता छ, महागुणी, फाउन्डेसनसँगको सहकार्यमा यो कार्यक्रम  विस्तार गर्न नगरपालिकाले पहलकदमी गर्नेछ’, कार्कीले भने ।

    नगरपालिकाले पनि स्वास्थ्य प्रणालीलाई सुधार गर्दै भएका स्वास्थ्य सेवालाई जनमुखी र प्रभावकारी बनाउन नगरपालिकाले सरोकारवाला निकायसँग समन्वय गरेर यस्ता अभियानलाई विस्तार गर्दै लगिने उनले जानकारी दिए ।

    फाउन्डेसनका परामर्श चिकित्सक डा.सरिता घिमिरेले महिलामा जटिल बनिरहेको पाठेघर र स्तन क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले शिविर आयोजना गरिएको बताइन् ।

    डा.घिमिरेले भनिन्, ‘क्यान्सरबाट बचाउन हाम्रो सानो प्रयास हो, त्यसैले यस्ता अन्य अभियानमा पनि हाम्रो सक्रियता रहनेछ ।’ महिलाको स्वावलम्बन, शिक्षा, स्वास्थ्य र क्षमता अभिवृद्धिमा बढी जोड दिन संस्थाले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको जाँच गर्न शिविर सञ्चालन गरिएको महागुठीका अध्यक्ष उदयमोहन श्रेष्ठले बताए ।

    महागुठीले पहिलो पटक यस किसिमको स्वास्थ्य शिविर आयोजना गरेको हो । ‘आवश्यकताअनुसार आगामी दिनमा यस्ता शिविर सञ्चालन गछौँ’, महागुठीका कार्यकारी निर्देशक प्रेमप्रसाद लामिछानेले भने । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology