Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रमुख प्रतिपक्ष दलकाे हैसियत दिन नेमकिपाको लिखित माग

प्रमुख प्रतिपक्ष दलकाे हैसियत दिन नेमकिपाको लिखित माग

  • 268
    SHARES
  • प्रमुख प्रतिपक्ष दलकाे हैसियत दिन नेमकिपाको लिखित माग

    काठमाडौं । नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख प्रतिपक्ष दलको हैसियत प्रदान गर्न लिखित माग गरेका छन् ।

    शनिबार उपसभामुख चयन गर्न बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेमकिपाका सांसद् सुवालले सभामुख देवराज घिमिरेलाई लिखित माग पत्र बुझाएका हुन् ।

    नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएका कारण कांग्रेस प्रमुख प्रतिपक्ष दलको हैसियतमा नरहेको सांसद सुवालको भनाइ छ ।

    कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर आफूलाई प्रमुख प्रतिपक्ष दल भन्नु बलमिच्याई भएको उनले बताए । कांग्रेस प्रतिपक्ष दलको हुन् लिखित रूपमा प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुपर्ने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij