Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

गोकर्णदेखि पशुपतिसम्मको ढल पूर्णरूपमा व्यवस्थापन गर्न माग

गोकर्णदेखि पशुपतिसम्मको ढल पूर्णरूपमा व्यवस्थापन गर्न माग

  • 404
    SHARES
  • गोकर्णदेखि पशुपतिसम्मको ढल पूर्णरूपमा व्यवस्थापन गर्न माग

    काठमाडौं । बाग्मती सफाई महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरूपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ ।

    बाग्मती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि उक्त माग गरिएको हो । महाअभियानले पशुपति क्षेत्रसम्म नदीको दुवै किनारमा सफाइ छिटो गर्न पनि शहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

    पशुपति क्षेत्रसम्म बाग्मती नदीमा सफा पानी बगाउने उद्देश्यले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति स्थापना भएको ३० वर्ष पूरा हुँदा पनि काम सम्पन्न हुनसकेको छैन ।

    शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बाग्मती समितिको कार्यालयअघिबाट गौरीघाटसम्म पनि सफाइ गर्नुपर्नेमा जोड दिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए ।

    गुह्येश्वरीदेखि गौरीघाटसम्मको उत्तरी भागमा जोडिएको सडक कालोपत्रे, गोकर्णदेखि गुह्येश्वरीघाटसम्म भकारी निर्माण र गुह्येश्वरीबाट गौरीघाटसम्मको सडकमा बत्तीको व्यवस्था गर्न पनि महाअभियानले माग गरेको छ । महाअभियानले प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा बाग्मती सफाइ महाअभियान चलाउँदै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij