Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

म्याग्दी महोत्सवबाट दश करोड कारोबार 

म्याग्दी महोत्सवबाट दश करोड कारोबार 

  • 352
    SHARES
  • म्याग्दी महोत्सवबाट दश करोड कारोबार 

    म्याग्दी । पुस २८ गतेदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला १० करोडको कारोबार गर्दै शनिबार सम्पन्न भएको छ ।

    उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म चलेको उक्त मेलामा करिब १० करोडको कारोबार भएको उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

    अध्यक्ष कटुवालले भने, ‘अपेक्षा गरेअनुसारकै कारोबार भएको छ, महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभारी छौँ ।’ आयोजकले महोत्सव अवधिभर १० करोडको कारोबार गर्ने लक्ष्य लिएको थियो ।

    महोत्सवको अवसरमा प्रदर्शन गरिएका विभिन्न संघ संस्था र जनजातिको झाँकी, वेशभूषा र नृत्यले जिल्लाको कला संस्कृतिलाई चिन्न र जगेर्ना गर्न मद्दत पुर्‍याएको महोत्सवको सांस्कृतिक विभागका संयोजक सुविन श्रेष्ठले जानकारी दिए ।

    महोत्सवमा कृषि प्रदर्शनी, कालीगण्डकी नदीमा र्‍याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुर्खौली नृत्य, एकल र खुला नृत्य प्रतियोगिता, फोटो प्रदर्शनीलगायत आयोजना गरिएको थियो ।

    महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कूल दुई सय ५८ कक्ष राखिएको थियो । ती व्यापारिक कक्षमा समेत उत्साहजनक कारोबार भएको आयोजकले जनाएको छ ।

    महोत्सवमा एक करोड २४ लाख ८७ हजार आम्दानी र एक करोड १५ लाख ७७ हजार दुई सय ११ खर्च भई नौ लाख नौ हजार सात सय ८९ बचत हुने अध्यक्ष कटुवालले जानकारी दिए ।

    परम्परागत रूपमा लाग्दै आएको मेलालाई व्यवस्थित गर्दै २०६० सालदेखि म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजकत्वमा प्रत्येक तीन/तीन वर्षमा महोत्सव आयोजना हुने गरेको छ ।

    महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले गरेका थियो भने समापन गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij