Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

पाठ्यपुस्तक समयमा नै पाउने प्रबन्ध मिलाउन निर्देशन

पाठ्यपुस्तक समयमा नै पाउने प्रबन्ध मिलाउन निर्देशन

  • 349
    SHARES
  • पाठ्यपुस्तक समयमा नै पाउने प्रबन्ध मिलाउन निर्देशन

    काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले समयमा नै हरेक विद्यार्थीले पाठयपुस्तक पाउने प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

    images

    समितिले आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

    समितिको आज बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

    जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक विद्यालयहरूलाई उपलब्ध गराउने गरी आफूहरूले काम गरिरहेको दाबी गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology