झापा । झापाको कचनकवलका एकजोडी प्रेमी–प्रेमिकाले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेका छन् । कचनकवल– ४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीले एउटै पासोमा झुन्डिएर आत्महत्या गरेका हुन।
मंगलबार दुवैजना एभरेष्ट चिया बगानमा रहेको एउटा रूखमा एउटै पासोमा झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीको अनुसन्धानअनुसार दुवैजना सोमबार राति आ–आफ्नो घरमा सुतेका थिए । तर, बिहान झुन्डिएको अवस्थामा भेटिए । कुन समयमा उनीहरू बगानमा पुगेर आत्महत्या गरे भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । दुवैजना प्रेमी–प्रेमिका रहेको खुलेको र आत्महत्याको बाटो रोज्नुको कारण जातीय विभेद हुन सक्ने देखिएको कचनकवल– ४ का वडाध्यक्ष नुरजमा मियाँले बताए ।
करिब डेढ वर्षअघि उनीहरूले भागीविवाह गरेका उनीहरूकाे परिवारले स्वीकारेकाे थिएनन। विवाह गरेर उनीहरू तीन महिनासँगै बसेका थिए। जातकै कारण राजेशकुमारलाई पवित्राको परिवारले बालविवाहको मुद्दा पनि दर्ता गराएको थियाे।
बालबिवाहकाे कारण केही महिना जेल बसेका राजकुमारछुटाएपछि पवित्रा र राजेशकुमार आ–आफ्नै घरमा बस्दै आएका थिए ।
प्रहरीले पनि उनीहरूको आत्महत्याको कारण प्रेम असफल हुनु नै रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । नयाँ पत्रिकाबाट
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology