काठमाडाैं । मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।
संघीय संसद् भवनअगाडि आफैंलाई आगो लगाएका आचार्यका कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।
आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology