वेबटिभी खबर
रूकुम । रूकुम (पूर्व)मा तीन दिनदेखि विद्युत् सेवा अवरूद्ध भएको छ ।
वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरूद्ध भएको विद्युत् अझै सुचारू हुन सकेको छैन । सेवा अवरूद्ध हुँदा नागरिक समस्यामा परेका छन् ।
सल्यान र रुकुम (पश्चिम)को बीचमा समस्या हुँदा विद्युत् अवरूद्ध भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रूकुम (पूर्व)ले जनाएको छ ।
विद्युत् सञ्चालको लागि काम भइरहेको केन्द्रका प्रमुख सुरेश चौधरीले जानकारी दिए ।
विद्युत् अवरूद्ध हुँदा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, विद्युतीय काम गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कार्यालयकाे सेवा प्रवाहमा समेत समस्या देखिएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij