Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ

प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ

  • 289
    SHARES
  • प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ

    लमजुङ । प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मर्स्याङ्दी गाँउपालिका १ घनपोखराका ३५ वर्षिय जीवन गुरुङलाई पक्राउ गरेको हो ।

    आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु मिलाईदिने भनी ठगी गर्दै हिडेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोली गत माघ १० गते पोखराबाट पक्राउ गरेको हो ।

    बेसीशहरमा डेरा गरि बस्ने गुरुङ विभिन्न महिलाहरूसँग ७ लाख १७ हजार ५०० रूपैयाँ लिएर सम्पर्क बिहीन भएका थिए ।

    प्रहरीका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने र म प्रहरी हुँ प्रहरीमा भएको केशहरू समेत मिलाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेका थिए ।

    गुरुङविरूद्ध प्रहरीमा उजुरी परेपछि लमजुङको प्रहरी टोलीले पोखरामा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमलले बताए । 

    निज गुरुङलाई जिल्ला अदालत लमजुङबाट ठगी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रहरी निरिक्षक जगदिश रेग्मीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij