Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्नु हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्नु हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

  • 480
    SHARES
  • राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्नु हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताए ।

    उनले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्ने बताए ।

    नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा संगठनद्वारा आज दोलालघाटमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताए ।

    एमाले राष्ट्रिय राजनीतिको मियो रहेको उनको भनाइ छ । उनले भने, ‘एमाले प्रतिकूलतालाई चिर्दै अघि बढेको छ । यो समीकरणलाई टुट्न र भत्कन दिनु हुँदैन ।’

    उनले सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । अहिलेको समीकरण राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गर्दै पोखरेलले हिजोको कमीकमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

    एमाले मत मिलाउने मात्रै नभई मन मिलाउने पार्टी भएको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij