Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

एनटिभी कप फुटसल प्रतियोगिताको उपाधी नेपाल टेलिभिजनलाई

एनटिभी कप फुटसल प्रतियोगिताको उपाधी नेपाल टेलिभिजनलाई

  • 354
    SHARES
  • एनटिभी कप फुटसल प्रतियोगिताको उपाधी नेपाल टेलिभिजनलाई

    काठमाडौं । ‘एनटिभी कप-२०७९’ फुटसल प्रतियोगिताको उपाधी नेपाल टेलिभिजनले जितेको छ । राष्ट्रिय समाचार समिति (रासस)लाई ७-० गोल अन्तरले हराउँदै नेपाल टेलिभिजनले उपाधि हात पारेको हो । राससले उपविजेतामै चित्त बुझायो ।

    नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज शान्तिनगरस्थित फुटसल कोर्टमा भएको उक्त मैत्रीपूर्ण प्रतियोगितामा नेपाल टेलिभिजनका लागि वासुदेव अवाल र सुशील अधिकारीले दुई/दुई तथा महेश निरौला, दीप बस्नेत र प्रज्ज्वल शाक्यले एक/एक गोल गरे ।

    चार सरकारी सञ्चारमाध्यमबीच भएको उक्त प्रतियोगितामा गोरखापत्रलाई हराउँदै रेडियो नेपाल तेस्रो भयो । रेडियो नेपालले गोरखापत्रलाई ५-० गोल अन्तरले पराजित गरेको हो । त्यसअघि भएका खेलमा राससले गोरखापत्रलाई ७-० गोलअन्तरले तथा नेपाल टेलिभिजनले रेडियो नेपाललाई ६-० गोलअन्तरले हराएको थियो ।

    विजेता खेडालीलाई नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सव समारोहमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल टेलिभिजन कर्मचारी युनियनका नेता विश्वेश्वर पौडेलले जानकारी दिए । नेपाल टेलिभिजनको वार्षिकोत्सव यही माघ १७ गते मनाइँदै छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij