वेबटिभी खबर
पाेखरा । पोखराका मुख्य सडकका छेउमा सवारी साधन पार्किङ गर्न नपाइने भएकाे छ। साेमबार पोखरा महानगरपालिकाले एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गरिने जनाएकाे हाे।
मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको छ।
महानगरले ‘अन्डरग्राउण्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेवापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा उल्लेख छ।
तोकिएको क्षेत्रहरूमा मात्र ‘पार्किङ’ व्यवस्थापन गर्न सम्पूर्ण सरोकारवालामा महानगरले आग्रहसमेत गरेको छ।
फाइल फाेटाे
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij