वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण घटे पनि मृत्यु हुनेको संख्या घट्न सकेको छैन् । त्यहाँ शुक्रबार ३,४६० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
मे महिनाभर दैनिक औसत ३५ सय देखि चार हजारसम्म मृत्यु भइरहेको छ । दैनिक संक्रमित हुनेको संख्याको चार लाखबाट घटेर दुई लाख तल झरे पनि मृत्युसंख्या घट्न नसक्दा स्थिति चिन्ताजनक रहेको स्वास्थ्य मन्त्रालयले बताउँछ ।
शुक्रबार त्यहाँ एक लाख ६५ हजार १८६ जनामा कोरोना संक्रमण भएको छ । यस्तै, संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७३ हजार ८०६ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २२ लाख १५ हजार छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij