Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मन्त्री गिरि र बेलायतकी राजदुत निकोलाबीच भेटवार्ता

मन्त्री गिरि र बेलायतकी राजदुत निकोलाबीच भेटवार्ता

  • 354
    SHARES
  • मन्त्री गिरि र बेलायतकी राजदुत निकोलाबीच भेटवार्ता

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरि र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ ।

    भेटमा मन्त्री गिरिले कोभिड–१९ को समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिएका छन् ।

    कोभिड महामारीको रोकथाम र नियन्त्रण कार्यमा बेलायत सरकारबाट प्राप्त सहायता सदैव स्मरणीय छ । विपद्को घडीमा हाम्रो ऐतिहासिक सम्बन्ध भएको मित्र राष्ट्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दछौं’, मन्त्री गिरिले भने ।

    मन्त्री गिरिले बेलायत सरकारको सहयोगमा भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्य सञ्चालन भइरहेको बताउँदै यो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिहरुको क्षमता अभिवृद्धि गर्न अतुलनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।

    उनले आगामी दिनमा नेपालको संघीय, प्रादेशिक र स्थानीय तहमार्फत प्रदान गरिने स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (एनएचएस-एपी) कार्यान्वयन गर्नका लागि आर्थिक एवम् प्राविधिक सहायता निरन्तर प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।

    राजदुत निकोलाले वर्षौदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताइन् । उनले भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

    उनले २०२६ सम्ममा नेपाल विकसित देशका रुपमा अगाडि बढ्न सहयोग गर्ने वातावरण बनाउन बेलायतले नयाँ–नयाँ कार्यक्रम ल्याउने जानकारी दिइन् । उनले स्वास्थ्य सेवामा भइआएका पूराना सहयोगलाई निरन्तरता दिने बताइन् ।

    मन्त्री गिरिले राजदुत निकोलाले भनेका कुरालाई आफ्नो तहसम्म सकेसम्म पूरा गर्ने वचनबद्धता व्यक्त गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij