Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

यस्तो रहेको छ आज हरियो तरकारी र फलफूलको मूल्य ?

यस्तो रहेको छ आज हरियो तरकारी र फलफूलको मूल्य ?

  • 275
    SHARES
  • यस्तो रहेको छ आज हरियो तरकारी र फलफूलको मूल्य ?

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार शनिबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रूपैयाँ, हरियो अंगुर १५० रूपैयाँ, नेपाली सुन्तला १६० रूपैयाँ, अनार ३०० रूपैयाँ र आभोकाडो ३०० रूपैयाँ, अमला ६० रूपैयाँ, किवि ३०० रूपैयाँ र अम्बा ९० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको न्युनतम मूल्य हो ।

    नेपाली ठूलो गोलभेडा ४० रूपैयाँ, अदुवा ९० रूपैयाँ, रातो आलु २६ रुपैया, सेतो आलु १९ रूपैयाँ, स्थानीय काउली २० रूपैयाँ, कागती १२० रूपैयाँ, अकबरे खुर्सानी २५० रूपैयाँ, सुकेको खुर्सानी ४५० रूपैयाँ र हरियो खुर्सानी ७० रूपैयाँ प्रतिकेजी कायम रहेको समितिले जनाएको छ ।

    यसैगरी ताजा छडी माछा प्रतिकेजी र बचुवा माछा २५० रूपैयाँ साथै मंगुरी माछा २८० रूपैयाँ केजी र रहु माछा ३५० रूपैयाँ केजीमा पाइन्छ ।

    त्यस्तै शनिबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रूपैयाँ, गान्टे मूला ५० रूपैयाँ, गुन्दुक २५० रूपैयाँ, राजमा घिउ सिमी ९० रूपैयाँ, चमसूरको साग ५० रूपैयाँ, कन्य च्याउ  ११० रूपैयाँ, डल्ले च्याउ ३५० रूपैयाँ, तितो करेला १०० रूपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ३७ रूपैयाँ, हरियो प्याज ८० रूपैयाँ, पुदीना ४०० रूपैयाँ र हरियो धनिया ५० रूपैयाँ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij