Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रधानमन्त्रीद्वारा प्रथम गभर्नर राणाको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा प्रथम गभर्नर राणाको निधनप्रति दुःख व्यक्त

  • 252
    SHARES
  • प्रधानमन्त्रीद्वारा प्रथम गभर्नर राणाको निधनप्रति दुःख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्रीले शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गरेका हुन् ।

    प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा दुखद् निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्दै राष्ट्रका निम्ति उहाँले पुर्‍याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’

    नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर एवम् पूर्व अर्थसचिव राणाको उपचारको क्रममा आज बिहान निधन भएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij