Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भन्सार कार्यालय मलंगवाबाट ४४ प्रतिशत राजस्व संकलन

भन्सार कार्यालय मलंगवाबाट ४४ प्रतिशत राजस्व संकलन

  • 287
    SHARES
  • भन्सार कार्यालय मलंगवाबाट ४४ प्रतिशत राजस्व संकलन

    सर्लाही । भन्सार कार्यालय मलंगवा सर्लाहीले चालु आर्थिक वर्षको छ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व संकलन गरेको छ।

    साउनदेखि पुससम्म ४० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा १७ करोड ३५ लाख ८६ हजार राजस्व संकलन भएको भन्सार कार्यालयका भन्सार अधिकृत नरेश साहले जानकारी दिए ।

    उनका अनुसार कार्यालयले चालु आवमा ७८ करोड ५० लाख ७६ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । आव २०७८/७९ मा लक्ष्यको ८५ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको एक सय ७६ प्रतिशत राजस्व संकलन गरेको थियो ।

    अधिकृत साहका अनुसार राजस्वमा बढी योगदान गर्ने वस्तुको आयात घट्दा राजस्व संकलन प्रभावित भएको हो । आयात हुने वस्तुमा आलु, प्याज, कोइला, सख्खर, माछाको दाना, भेनियर र फर्मलडिहाइड छन्, भने धान र गहुँको आयात निर्यात बन्द छन् ।

    आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था रहने उनको भनाइ छ ।

    विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणका कारण लामो समय व्यापार व्यवसाय बन्द हुनु तथा जिल्लामा रहेका अन्य सात वटा छोटी भन्सार कार्यालय पनि बन्द हुँदा राजस्व संकलन प्रभावित भएको भन्सार कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij