Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

रूपन्देहीका होटल तथा रेष्टुरेण्टको अनुगमन

रूपन्देहीका होटल तथा रेष्टुरेण्टको अनुगमन

  • 367
    SHARES
  • रूपन्देहीका होटल तथा रेष्टुरेण्टको अनुगमन

    रूपन्देही । रूपन्देहीका होटल तथा रेष्टुरेण्टहरूलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण सुरुआत गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छताको मापदण्ड तय गरेर होटल तथा रेष्टुरेण्टको स्तरीकरण थालेको हो ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमलकुमार दाहालले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेण्ट स्तरीकरण गर्ने निर्देशिका जारी गरेबमोजिम होटल तथा रेष्टुरेण्टको अनुगमन गरिएको बताए।

    कार्यालयबाट खटिएका निरीक्षकको अनुगमनपछि परिणामका आधारमा होटल तथा रेष्टुरेण्टमा पुगेर स्टिकर टाँसिएको प्रमुख दाहालले जानकारी दिए ।

    अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चारवटा स्तर निर्धारण गरिएकाले सोही स्टिकरका आधारमा उपभोक्ताले होटल तथा रेष्टुरेण्टको गुणस्तर थाहा पाउने प्रमुख दाहालको भनाइ छ ।

    जिल्लामा हालसम्म २५ होटल तथा रेष्टुरेण्टको अनुगमन गरिएकामा एउटा होटल मात्रै अतिउत्तम निर्धारण गरिएको छ । सय पूर्णाकमा मूल्यांकन गर्दा ९० भन्दामाथि अंक प्राप्त गर्ने होटल तथा रेष्टुरेण्टमा तीनवटा तारा भएको (क वर्ग)को हरियो स्टिकर टाँसिएको छ ।

    (अतिउत्तम), ८० देखि ८९ सम्म अंक प्राप्त गर्नेलाई दुईवटा तारा भएको (ख वर्ग)को हरियो स्टिकर (उत्तम), ६५ देखि ७९ सम्म ल्याउनेलाई एउटा तारा भएको हरियो स्टिकर तथा ६५ भन्दामुनि र ५० भन्दामाथि अंक प्राप्त गर्ने होटल तथा रेष्टुरेण्टमा पहेँलो स्टिकर टाँसिएको छ ।

    स्वच्छताका आधारमा ५० बुँदामा प्रत्येक बुँदाको २ नम्बरको हिसाबले एक सय पूर्णांकको आधारमा चारवटा श्रेणीमा स्तरीकरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij