Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडौंको तीन फर्ममा बर्डफ्लू , कुखुरा र अन्डा नष्ट

काठमाडौंको तीन फर्ममा बर्डफ्लू , कुखुरा र अन्डा नष्ट

  • 283
    SHARES
  • काठमाडौंको तीन फर्ममा बर्डफ्लू , कुखुरा र अन्डा नष्ट

    काठमाडौं । काठमाडौंको तीन फर्ममा बर्डफ्लू पुष्टि भए पछि कुखुरा र अन्डा नष्ट गरिएको छ ।

    पशु विभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मन थाले पछि परीक्षामा पठाउँदा बर्डफ्लू पुष्टि भएको थियो।

    ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टि भएको थियो । पशु विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्यूनीकरण गरिएको छ ।

    ललितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ भने रामकोट फार्ममा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको हो ।

    यस्तै तार्केश्वर फार्ममा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij