काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको भविष्य सुनिश्चित हुनुपर्ने बताएका छन् ।
देशको राजनीति अस्थिर बन्दै गइरहेको र शिक्षामन्त्री समेत नरहेको अवस्थामा टिप्पणी गर्दै अध्यक्ष तिवारीले सो कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको राजनीति कता जान्छ हामीलाई मतलब भएन तर सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको भविष्य सुनिश्चित हुनुपर्यो ।’
विद्यालय कर्मचारीले आफ्ना माग अगाडि राखेर वर्षौंदेखि सरकारविरुद्ध आन्दोलन, प्रदर्शन तथा प्रत्यक्ष अप्रत्यक्ष दबाब दिइरहँदासमेत सरकारले माग सम्बोधन नगरेर गैर–जिम्मेवारीपना देखाएको छ ।
विद्यालय कर्मचारी परिषद् यतिखेर आगामी फागुन ८ र ९ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology