Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

उपत्यकामा  फेरि बर्डफ्लुकाे प्रकाेप

उपत्यकामा  फेरि बर्डफ्लुकाे प्रकाेप

  • 282
    SHARES
  • उपत्यकामा  फेरि बर्डफ्लुकाे प्रकाेप

    काठमाडाैं । उपत्यकामा फेरि बर्डफ्लुकाे प्रकाेप देखापरेकाे छ ।  बर्डफ्लु देखिएपछि किसानहरू फेरि चिन्तित बनेका छन् ।

    पशु सेवा विभागका अनुसार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १५ देखि २० गतेको बीचमा उपत्यकाका ६ ठाउँमा बर्डफ्लु पुष्टि भएको छ । ललितपुर–१५ स्थित खुमलटार, भक्तपुर–१० चाँगुनारायण, नागार्जुन–६ रामकोट, तारकेश्वर–१ र ७ र काठमाडौं महानगरपालिका–१० शंखमूलमा बर्डफ्लु भेटिएको हो । 

    विभागका अनुसार ६ ठाउँबाट ५ सय वटा हाँस, ५ हजार ५ सय ३१ वटा व्यावसायिक लेयर्स, ७ सय ६२ वटा स्थानीय कुखुरा नष्ट गरिएको छ । त्यस्तै, १० हजार २ सय ४५ वटा अण्डा, ५ सय ५० केजी खाना सुरक्षित तबरले नष्ट गरिएको छ । नागार्जुन र तारकेश्वर सबैभन्दा बढी प्रभावित देखिएको विभागले जनाएको छ ।

    विभागका अनुसार विगतका बर्डफ्लु किसानले राहत पाए पनि गत वर्षका किसानको रोकिएको हो । नेपालमा बर्डफ्लु २०६० सालमा झापाबाट सुरु भएको थियो । तीन वर्षअघि विराटनगर, रसुवामा करिब २२ हजार कुखुरा नष्ट भएको थियो । गतवर्ष पनि उपत्यकासँगै कर्णालीमा समेत बर्डफ्लु देखिएको थियो । वैशाखताका मोरङ, सुनसरी, उदयपुर, धनुषा, बारा, पर्सा, चितवन, मकवानपुर, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, कास्कीमा समेत देखिएको थियो । अहिले फेरि उपत्यकामा देखिएको हो । कान्तिपुर दैनिकबाट

  • सम्बन्धित विषय:

  • # बर्डफ्लु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij