Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

डाक्टरमाथि लाठी प्रहार गर्ने प्रहरी निलम्बित

डाक्टरमाथि लाठी प्रहार गर्ने प्रहरी निलम्बित

  • 269
    SHARES
  • डाक्टरमाथि लाठी प्रहार गर्ने प्रहरी निलम्बित

    काठमाडौं । डाक्टरमाथि लाठी प्रहार गर्ने प्रहरी निलम्बित भएका छन् ।

    शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी प्रहार गर्ने वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले वेवटिभीलाई जानकारी दिए ।

    प्रहरीको लाठी प्रहारमा परेर नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंह घाइते भएका थिए ।

    प्रहरीले अस्पताल परिसर भित्रै लाठी चार्ज गरि उनलाई घाइते बनाएपछि प्रहरी र राष्ट्रपतिको चौतर्फी आलोचना भइरहेको छ ।

    उक्त विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले लाठी प्रहार गर्ने प्रहरीलाई कडा कारबाही गरिनुका साथै राष्ट्रपति भण्डारीले माफी माग्नुपर्ने माग गरेका थिए ।

    निलम्बित गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij