Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मुलुकमा बलियो गठबन्धन आवश्यक छ : नेता सिंह

मुलुकमा बलियो गठबन्धन आवश्यक छ : नेता सिंह

  • 285
    SHARES
  • मुलुकमा बलियो गठबन्धन आवश्यक छ : नेता सिंह

    दाङ । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकमा बलियो गठबन्धन आवश्यक भएको बताएका छन् ।

    नेपाल प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले राजनीतिक स्थायित्वका लागि बलियो राजनीतिक गठबन्धनको खाँचो रहेको बताएका हुन्।

    ‘मुलुक र जनताको हितका निमित्त राजनीतिक समीकरण फेरबदल भइरहन्छन्, अब पनि आवश्यकताअनुसार राजनीतिक समीकरण बदलिनुलाई स्वाभाविक मान्नुपर्छ’, नेता सिंहले भने ।

    सुदूरपश्चिम प्रदेशमा सरकार फेरबदलको प्रसंग कोट्याउँदै नेता सिंहले अहिलेको गठबन्धन दिगोरूपमा जान नसकेको आरोप लगाए । संघीयतालगायत उपलब्धि कार्यान्वयनसँगै मुलुकको हितका लागि बलियो गठबन्धन आवश्यक भएको उनको भनाइ छ ।

    कांग्रेस प्रमुख प्रतिपक्षी दल भएपनि सरकारका राम्रा कामलाई साथ र सहयोग गर्ने उद्देश्यअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij