वेबटिभी खबर
काठमाडौं । विवेकशील साझा पार्टीको जारी महाधिवेशनबाट अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् भने महासचिवमा रन्जु दर्शनालाई चयन गरिएको छ।
हिजोदेखि काठमाडौंमा जारी पहिलो महाधिवेशनबाट सर्वसम्मत ८ पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए।
उपाध्यक्षमा प्रकाशचन्द्र परियार,विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ।
पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने उनले बताए। केन्द्रीय सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij