Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

आन्दोलन फिर्ता लिएर नियमित काममा जुट्न चिकित्सकहरूलाई स्वास्थ्य मन्त्रालयको आग्रह

आन्दोलन फिर्ता लिएर नियमित काममा जुट्न चिकित्सकहरूलाई स्वास्थ्य मन्त्रालयको आग्रह

  • 252
    SHARES
  • आन्दोलन फिर्ता लिएर नियमित काममा जुट्न चिकित्सकहरूलाई स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलन फिर्ता लिएर बिरामीको स्वास्थ्य उपचार सेवामा फर्किन चिकित्सकहरूलाई आग्रह गरेको छ।

    राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध गर्दै नेपाल चिकित्सक संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको छ। यो घटनाप्रति मन्‍त्रालयले विज्ञप्ति निकालेर दुःख व्यक्त गरेको छ।

    ‘घटनालगत्तै नेपाल प्रहरीद्वारा घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानबिन गरिरहेको तथा उक्त घटनाको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने र संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्न प्रयास भइरहेको छ,’ मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    viber_image_2023-02-11_22-33-47-448.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij