Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

निर्वाचन आयोगद्धारा चितवन–२ मा उपनिर्वाचन गराउन आजैबाट काम सुरु, २० चैतमा उम्मेदवारी दर्ता

निर्वाचन आयोगद्धारा चितवन–२ मा उपनिर्वाचन गराउन आजैबाट काम सुरु, २० चैतमा उम्मेदवारी दर्ता

  • 275
    SHARES
  • निर्वाचन आयोगद्धारा चितवन–२ मा उपनिर्वाचन गराउन आजैबाट काम सुरु, २० चैतमा उम्मेदवारी दर्ता

    काठमाडौं । आगामी १० फागुन हुन चितवन–२ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैबाट काम सुरु गरेको छ ।  

    हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्याबधिक गरेर आज देखि नै काम सुरु गरेको हो ।

    आयोगले सार्वजनिक गरेका तालिका अनुसार १ फागुन देखि १६ चैतसम्म मतदाता नामावलीमा अद्याबधिक गर्ने कार्य हुनेछ भने २० चैतमा उम्मेदवारको मनोनयन दर्ता गरिनेछ ।

    त्यसको भोलिपल्ट अर्थात २१ चैतमा उम्मेदवारको मनोनयन माथि विरोधमा उजुरी लिने तथा सो मनोनयन पत्र र उजुरीउपर छानबिन गरी सोही दिन निर्णय दिने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार २२ चैतमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।  

    उम्मेदवारको नामावली सार्वजनिक गरेको भोलिपल्ट अर्थात २३ चैतमा मात्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

    गत साता सर्वोच्च अदालतको संवैधानिक इजालासले सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले नेपाली नागरिकता नलिई प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको ठहर गर्दै उनको सांसद पद खारेज गरि दिए पछि चितवन–मा प्रतिनिधिसभाको सदस्य रिक्त हुन पुगेको थियो । सो रिक्त स्थानमा निर्वाचन आयोगले हिजो १० बैशाखमा सो क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । 

    अमेरिकाको नागरिकता त्याग गरेको जनाए पनि तत्कालिन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले नेपाल फर्के पछि भने नेपाली नागरिकता नलिएको ठहर भएपछि सर्वोच्च अदालते उनको सांसद पद खारेज गरिदिएको थियो ।

    आज बिहान मात्रै सरकारवाट बाहिरिएको तथा सरकारलाई समर्थन भने कायमै राखेको रास्वपाका सभापति लामिछानेले सत्ता साझेदार दलहरु संलग्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा चितवन–२ मा तत्काल उपनिर्वाचनको पहलकदमी गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग अनुरोध गरेका थिए । प्रधानमन्त्रीलाई अनुरोध गरेको झन्डै ७ घन्टा पछि आयोगले चितवन–२ मा उपनिर्वाचन गराउने निर्णय सार्वजनिक गरेको हो ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij