Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

ज्ञानेन्द्र शाहले गरे महाअभियानको उद्घाटन तर केही बोलेनन् 

ज्ञानेन्द्र शाहले गरे महाअभियानको उद्घाटन तर केही बोलेनन् 

  • 359
    SHARES
  • ज्ञानेन्द्र शाहले गरे महाअभियानको उद्घाटन तर केही बोलेनन् 

    झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाका दुर्गा प्रसाईंले सुरु गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको सोमबार उद्घाटन गरेका छन् ।

    सरकारले जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको दिन शाहले पानसमा बत्ति बालेर तथा परेवा उडाएर अभियानको उद्घाटन गरेका हुन् ।

    कार्यक्रम स्थतलमा पुगेका पूर्वराजा शाह आधा घण्टा बसेर फर्किएका थिए । उनले त्यहाँ कुनै सार्वजनिक अभिव्यक्ति दिएनन् । मेचीनगर नगरपालिका–६ को प्यारिभिट्टामा आयोजित समारोहमा महाअभियान सुरु गरिएको हो ।

    उद्घाटन कार्यक्रममा शाहकी श्रीमती कोमल शाह, छोरा पारस शाह र छोरी शिताष्म शाहको सहभागिता थियो । पूर्वघोषित कार्यक्रम अनुसार शाह परिवार दिउँसोको २ बजे कार्यक्रमस्थल आइपुगेको थियो ।

    उनीहरू त्यहाँ आधा घण्टामात्रै बसेका थिए ।

    king 2.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij