Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अम्रिसोको मूल्य बढ्दा किसान उत्साही

अम्रिसोको मूल्य बढ्दा किसान उत्साही

  • 350
    SHARES
  • अम्रिसोको मूल्य बढ्दा किसान उत्साही

    ताप्लेजुङ । अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन् ।

    तीन वर्षअघि प्रतिकिलो ३५ का दरले मुस्किलले बिक्री गरेका ताप्लेजुङको खेवाङका नेत्र आचार्यले गत वर्ष प्रतिकेजी एक सय २० मा बिक्री गरे । यो वर्ष पनि त्यही मूल्यमा खरिद भइरहेकाले थप मूल्य बढ्नसक्ने किसानले अनुमान गरेका छन् ।

    मूल्यमा उतारचढाब आइरहेपनि यो वर्ष प्रतिकिलो एक सयदेखि एक सय २० सम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आएका स्थानीय रूपनारायण पाण्डेले प्रतिकिलो एक सय २० सम्म लगाएर १० क्विन्टल अम्रिसो जम्मा गरे ।

    झापाको धुलाबारीमा लगेर बिक्री गर्दै आएका पाण्डेले यो वर्ष केही बढ्नसक्ने अनुमान गरेको बताए । अम्रिसो झापाको धुलाबारीमा पुर्‍याउँदा गत वर्ष एक सय ४१ सम्म बिक्री भएको उनको भनाइ छ ।

    पछिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरूको भनाइ छ । कुनै समय बिक्रीका लागि नभइ घाँस र कुचोका अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिक रूपमा नै यसको खेती गर्न थालेका छन् ।

    अम्रिसोको डाँठलाई दाउराका रूपमा र पातलाई घाँसका रूपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रूपमा बिक्री गर्दै आएका छन् । बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साहित भएका हुन् ।

    अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईवस्तुका लागि निक्कै उपायोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij