वेबटिभी खबर
काठमाडौं । यातायात मजदुर संगठन र सरकारबीच ५ बुँदे सहमति भएको छ ।
मंगलबार बिहान सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएकाे छलफलमा ५ बुँदे सहमति भएको हो ।
यातायात मजदुर र मन्त्रालयबीच भएको सहमति अनुसार यातायात मजदुर संगठनले राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन र आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने सहमतिसमेत भएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij