वेबटिभी खबर
वासिंटन । एउटा सानो सेस्ना जेट विमान शनिबार अमेरिकाको टेनिसीमा रहेको पर्सी प्राइजिट तालमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
सेस्ना सी ५०१ विमान पर्सी प्रिस्ट लेकमा शनिबार दिउँसाे दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना विमानस्थल पाल्म विचका लागि उडेको केही समयभित्रै विमान पोखरीमा खसेको उल्लेख छ ।
उद्धारकर्मीका अनुसार विमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले विमान दुर्घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij